रास्वपाले वहुमत नल्याए सवैभन्दा खुसी भ्रष्टाचारीहरु हुन्छन् : लामिछाने
फाल्गुन १४, २०८२ | गोरखा
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपाले वहुमत नल्याए सवैभन्दा खुसी भ्रष्टाचारीहरु हुने बताउनुभएको छ । चुनावी अभियानको क्रममा गोरखा पुगेका लामिछानेले फागुन २१ गते इतिहास लेखेर सुशासनको नयाँ जग वसाल्ने दावी समेत गर्नुभयो ।
उहाँले धर्म, जात र समुदायको नाममा राजनीति नगर्न आग्रह गर्नुभएको छ । सभापति लामिछानेले भदौ २३ र २४ गतेको घटनामा न्याय र अन्याय छुट्टाउनुपर्ने बताउनुभयो । प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ मा रास्वपाबाट सुधन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी चुनावी प्रतिस्पर्धामा छन् ।











