अरुण तेश्रो जलविद्युत परियोजनाको २२ प्रतिशत काम सम्पन्न 

श्रावण १९, २०७६ | काठमाडौं

भारत सरकारको लगानीमा निर्माणाधिन अरुण तेश्रो जलविद्युत परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आज ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई भेटी परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभएको हो ।

भेटमा मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सिमा भित्रै अरुण– ३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आयोजना निर्माणमा समस्या देखिए सरकार सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।

९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्याश प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको थियो ।

आयोजनाले उत्पादन थालेको २५ वर्षपछि परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको छ । 


प्रतिक्रिया