च्याम्पियन्स लिगको नयाँ सिजन आज सुरु हुँदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७६ | एजेन्सी

च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आज सुरु हुँदैछ । गत संस्करणको लिग विजेता लिभरपुलले नेपोलीसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुवात गर्दैछ । लिभरपुलका जर्जेन क्लोपले आफूहरु गत संस्करणको विजेता भएपनि युरोपको उत्कृष्ट टोली रहेको नमान्ने बताएका छन् ।

खेल, नेपोलीको घरेलु मैदानमा राती पौने एक बजे सुरु हुनेछ । गत सिजन लिभरपुलले टोटनह्यामलाई २–० ले पराजित गर्दै उपाधि उचालेको थियो । आजै बार्सिलोनाले डर्टमन्डको सामना गर्नेछ । डर्टमन्डको घरेलु मैदानमा हुने खेलमा लियोनल मेस्सी पनि मैदान उत्रनेछन् ।

कोपा अमेरिकामा घाईते भएपछि ४ खेलमा मैदान बाहिर रहेका मेस्सी आजको खेलमा मैदान उत्रनेछन् । आजै राति चेल्सीले भ्यालेन्सिया, इन्टर मिलानले स्लाभिया प्राग तथा लियोनले जेनिट सट पिटरवर्गसँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया