क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपालको विजयी सुरुवात
वैशाख १२, २०८३ | काठमाडौं
क्रिकेट विश्वकप लिग २ मा नेपालले विजयी सुरुवात गरेको छ । कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको हो ।
यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि सुरुवाती ब्याटिङ गर्दै नेपालले दिएको २ सय १ रनको लक्ष्य पछएको यूएई ४८ दशमलव २ ओभरमा १ सय ६३ रनमा अलआउट भएपछि नेपाल विजयी भएको हो । युएईलाइ सस्तैमा समेट्ने क्रममा नेपालका लागि करन केसीले ९ दशमलव २ ओभरमा १९ रन मात्र खर्चिएर ४ विकेट लिए । यस्तै सोमपाल कामी र सन्दिप लामिछाने समान २–२ तथा दीपेन्द्र सिंह ऐरि र ललित राजवंशीले १–१ विकेट लिए ।
त्यसअघि नेपालले ४८ दशमलव २ ओभरमा अल आउट हुँदै २ सय रन बनाएको थियो । शीर्ष क्रमका ४ ब्याटर चल्न नसकेको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरिले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।
९० बलको सामना गरेका ऐरिले ५ चौका र २ छक्का सहित सो रन बनाएका हुन् । ऐरि बाहेक ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२ तथा आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन बनाए । आजको खेलको नतिजापछि नेपालले विश्वकप क्रिकेट लिग २ मा २१ खेलबाट १४ अंक बनाएको छ । अब नेपालले आगामी बुधबार ओमानसँग खेल्ने छ ।








