वुमन्स टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपालकोे तेस्रो जित

रेडियो कान्तिपुर संवाददाता

वैशाख १५, २०८३ | काठमाडौं

रुवान्डामा जारी आइसीसी वुमन्स टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपालले तेस्रो जित हात पारेको छ । नेपालले पछिल्लो खेलमा घरेलु टोली रुवाण्डामाथि ३८ रनको जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको घरेलु टोली रुवान्डाले ६५ रन मात्र बनाउन सक्यो । 

जितपछि अंक तालिकामा नेपाल ६ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । शीर्ष स्थानको अमेरिकाको ६ खेलबाट १० अंक छ । रुवाण्डा ७ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा छ । इटाली ५ खेलबाट ४ अंक जोडेर चौथो र भानुआटु ६ खेलबाट २ अंकसहित पाँचौ स्थानमा छ । अब नेपालले इटाली र भानुआटुसँग खेल्न बाँकी छ ।


प्रतिक्रिया