लिग च्याम्पियन को ?

फाल्गुन ३, २०७६ | काठमाडौं

कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधिको टुंगो आज लाग्दैछ । तालिकाको शिर्ष दुइ टोली त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब हुने प्रतिस्पर्धाले उपाधिको छिनोफानो गर्नेछ । समान १२ खेल खेलेका दुइ टोली मध्ये शिर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २९ र दोश्रो स्थानको मछिन्द्र क्लबको २८ अंक छ ।

 तालिकमा एक अंक बढि रहेको त्रिभुवन आर्मीका लागी आजको खेलमा मछिन्द्रसँगको बराबरी नै उपाधिका लागि पर्याप्त हुनेछ । यद्यपि,एक अंक कमका साथ तालिकाको दोश्रो स्थानमा रहेको मछिन्द्रलाई उपाधि उचाल्न त्रिभुवन आर्मीलाई हराउनु पर्नेछ । दिउँसो साढे १ बजेपछि दशरथ रङ्गशाला खेल सुरु हुनेछ ।

 आर्मी र मछिन्द्र बाहेक मनाङ मस्र्याङदी तेश्रो, थ्रीस्टार चौथो, नेपाल पुलिस क्लब पाँचौ र जावलाखेल युथ क्लब छैठौं स्थानमा रहँदै सिजन सकेका छन् । लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछन् ।

गत मंसिर २८ गतेबाट सुरु भएको लिग अवधिभर कुल ९१ खेल भएका छन् । यस सिजन खरब प्रदर्शन गरेको सरस्वती क्लब रेलिगेसनमा गर्दै बि डिभिजनमा घटुवा भएको छ । तालिकाको पुछारमा रहेको सरस्वतीले खेलेका १३ खेलमा ११ मा हार १ मा बराबरी र १ मा जित हात पारेको थियो । 


प्रतिक्रिया