टोकियो ओलम्पिक रोक्ने तयारी, चार सातापछि निर्णय गर्ने

चैत्र १०, २०७६ | काठमाडौ

जापानको टोकियोमा जुलाई २४ बाट हुने तय भएको ओलम्पिक खेलकुद हुने वा नहुने भन्ने बिषयमा चार सातापछि निर्णय हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को सक्रमणका कारण ओलम्पिक छनोटका खेलहरु पनि हुन नसकिरहेका बेला अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले ओलम्पिकबारे निर्णय लिन ४ साताको समय लिने जनाएको हो । 

आईओसीको बोर्ड बैठकमा बिभिन्न सदस्य राष्ट्रहरुबाट प्राप्त भएको सुझावका आधारमा छलफल गर्दै तत्काल निर्णय लिन हतारो हुने निर्णय गरेको हो । यद्यपी ओलम्पिक खेलकुदको प्रक्रिया अघि बढ्न नसकेको भन्दै राष्ट्रिय ओलम्पिक कमिटिहरुले प्रतियोगीता रोक्न दबाव बढाईरहेका छन् ।

परिस्थितीको आगामी अवस्था हेरेर निर्णय गर्ने आईओसीको तयारी छ । प्रतियोगीता आयोजनाका लागि जापानले आफु पुर्ण प्रतिबद्ध रहेको भन्दै तयारीमा कुनै कसर बाँकि नराख्ने बताउदै आएको छ । विभिन्न मुलुकका ओलम्पिक कमिटिले भने आईओसीको निर्णयले थप अन्योलता थपेको बताएका छन् । 


प्रतिक्रिया