प्रारम्भिक चरणको टोली सार्वजनिक

जेष्ठ २९, २०७९

साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप फुटबलको छनोटको लागि नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणमा ४० खेलाडीको छनोट गरेका छन् । एक साता लामो छनोटबाट प्रशिक्षक केसीले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा सामेल गर्ने निर्णय गरेका हुन् । टोलीमा ६ गोलरक्षक, १३ डिफेन्डर, १४ मिडफिल्डर र ७ फरवार्ड रहेका छन् । जेठ २१ बाट भएको खेलाडी छनोटमा अटाएका ४० जनाको प्रशिक्षण भोलिबाट शुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यू–२० साफ च्याम्पियनसिप भारतमा २५ जुलाईदेखि ३ अगस्टसम्म हुँदैछ । नेपालले माल्दिभ्ससँग २५ जुलाईमा, श्रीलंकासँग २७ जुलाईमा, ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसाग खेल्ने तालिका छ । यस्तै बहराईनमा सेप्टेम्वर १० देखि १८ सम्म हुने एएफसी यू–२० एसियन कप छनोटमा नेपालले बंगलादेश, कतार, बहराइन र भुटानसँग खेल्नेछ । 


प्रतिक्रिया