नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि सुवासलाई

रेडियो कान्तिपुर संवाददाता

आश्विन १३, २०७९ | काठमाडौं

नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि सुवास तामाङले जितेका छन् । गोकर्ण गल्फ क्लवमा भएको ५४ होलको स्पर्धामा आज ३ अण्डर ६९ सहित कुल १० अण्डर २ सय ८ को कार्ड लेखाएका तामाङले टासी छिरिङलाई १३ स्ट्रोकले पछि पार्दै उपाधि उचालेका हुन् । आज १ ओभर ७३ स्कोर गरेका छिरिङले समग्रमा ३ ओभर २ सय १९ को कार्ड लेखाएका थिए । तेस्रो भएका वाङचेन धुन्डुपले आज इभन पार ७२ खेले । तीन दिनसम्म चलेको प्रतियोगितामा उनको समग्र स्कोर ५ ओभर २ सय २१ रह्यो ।

त्यस्तै महिलातर्फ कस्मिरा शाहले उपाधि जितिन् । आज १५ ओभर ८७ को कार्ड लेखाएकी शाहले समग्रमा २४ ओभर २ सय ४० स्कोर गरिन् । महिलातर्फ दोस्रो भएकी सुष्मा सिग्देलले समग्रमा ४५ ओभर २ सय ६१ र तेस्रो भएकी सोनिया अख्तरले ४७ ओभर २ सय ६३ को कार्ड लेखाइन् ।

प्रतियोगिताको साइड लाइन इभेन्टका रुपमा खेलाइएको १८ होलको स्टेबलफोर्ड फम्र्याटको टुर्नामेन्ट नोर्बु छिरिङले जिते । उनले ३९ प्वाइन्ट स्कोर गरे र दोस्रो भएका धुन्डुल नामग्यालले ३५ स्कोर गरे ।

५४ होलको स्पर्धामा ३४ र सामाजिक स्पर्धाका रुपमा आज खेलाइएको प्रतियोगितामा ७२ गल्फरले सहभागिता जनाएको आयोजक नेपाल गल्फ संघले जनाएको छ ।  


प्रतिक्रिया