आहा–रारा पोखरा गोल्डकपको सम्पूर्ण तयारी पुरा

पुस १२, २०७९

बिहीबारबाट पोखरा रंगशालामा हुने २२औं आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पुस १४ बाट २३ सम्म हुने प्रतियोगितामा आयोजक सहारा क्लबसहित १० टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्नेछन् । उत्कृष्ट ५ विधामा र सर्वाधिक गोलकर्ताले २५–२५ हजार रुपैयाँ पाउने छन् । 

प्रत्येक खेलको म्यान अफ दी म्याचले ८ हजार र फाइनलमा १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार रुपैयाँ आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।


प्रतिक्रिया