टाइगर कप : पुरुषतर्फ आज सेमिफाइनल चरणका खेल

माघ १३, २०७९

टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ आज सेमिफाइनल चरणका खेल शुरु हुँदैछ । पुरुषतर्फको पहिलो सेमिफाइनलमा एपीएफ र पुलिस क्लबबीच पोखरा रंगाशालामा मध्यान्ह् १२ बजे पछि खेल सुरु हुनेछ । सेमिफाइनलको दोश्रो खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोश्रो सेमिफाइन खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ ।

महिला तर्फ तेश्रो स्थानका लागि भने न्यु डायमण्ड क्लब र गण्डकी प्रदेशले खेल्नेछन् । हिजो भएको सेमिफाइनलबाट त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।  


प्रतिक्रिया