दिब्यज्योति माविले उचाल्यो राष्ट्रपति रनिङ्ग शिल्ड

माघ ७, २०८० | पाल्पा

पाल्पामा तीन दिनसम्म चलेको माथागढी गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कसेनीस्थित दिब्यज्योति मावि सराईले जितेको छ । दिब्यज्योतिले १० स्वर्ण, ५ रजत र ६ कास्य गरी २१ पदकसहित पहिलो भएको हो । 

शौभाग्य मावि चिदीपानीले ६ स्वर्ण, ८ रजत र ७ कास्य २१ पदकसहित दोस्रो भएको छ । प्रतियोगितामा किसान मावि झडेवाले ५ स्वर्ण, ४ रजत र ४ कास्य गरी १३ पदकसहित तेस्रो भएको माथागढी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेमबहादुर बारघरेले जानकारी दिनुभयो । 

प्रतियोगितामा सिद्धार्थ मावि रहवासले ९, ग्रामोदय मावि गोठादीले ६, महेन्द्र नरेश मावि गोठादीले ५, सनराइज पब्लिक स्कूलले ६, धारादेवी मावि बहादुरपुरले एक, सातपोखरी माविले २, रत्न माविका विद्यार्थी खेलाडीले ३ वटा पदक प्राप्त गरेको छ । 

रनिङ्ग शिल्डमा १३ विद्यालयका ३ सय ३८ छात्र र २ सय ५५ छात्रा गरी ५ सय ९३ विद्यार्थीको सहभागिता रहेको थियो । १६ विद्यामा गरिएको प्रतियोगितामा स्वर्ण, रजत र काास्य गरी २ सय ३४ पदक रहेको थियो ।

प्रतियोगितामा विजयी विद्यार्थी खेलाडीलाई माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, गाउँपालिकाका प्रवक्ता शंकर दर्लामी, वडाध्यक्ष राजुकमार पन्थी, तेज बहादुर घर्ती मगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष रेखीराम राना, अतिरिक्त क्रियाकलाप संयोजक शिव घिमिरे लगायतले शिल्ड, पदक, प्रमाणपत्र वितरण गर्नुभयो । 

माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले खेलाडीहरुले पालिकास्तरबाट छनोट भएर जिल्ला र प्रदेश स्तरमा हुने प्रतियोगितामा सफलता पाउनुपर्नेमा जोड दिनुभयो । 

रनिङ्ग शिल्ड अन्तर्गत छात्रछात्राको भलिबल, कपर्दी, कराते, काँता, तेक्वान्दो, दौड, रिले, हाइजम्प, लम्जम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सट्पुट् लगायत विधामा प्रतिस्पर्धा भएको थियो । 


प्रतिक्रिया