मकवानपुर गोल्डकपमा त्रिभुवन आर्मी र राजारानी क्लब भिड्दै

माघ २२, २०८० | मकवानपुर

सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय त्रिभुवन आर्मी र धनकुटाको राजारानी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

मकवानपुरको हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने आर्मी र राजारानी क्लबबीचको खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । 

यसअघि हिजो भएको खेलमा आयोजक मकवानपुर–११ लाई पराजित गर्दै सलार्हीको बाग्मती युथ क्लब प्रतियेगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बाग्मती युथ क्लबले अब सेमिफाइनलमा विभागीय टोली एपीएफ र थ्रीस्टारबीचको विजेतास“ग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गरेको प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया