मकवानपुर गोल्डकपको उपाधिका एपीएफ र एनआरटी भिड्दै

माघ २७, २०८० | सुवास विडारी

सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर फुटबल प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ र न्यूरोड टीम एनआरटी भिड्ने भएका छन् । 

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने एपीएफ र एनआरटी क्लबबीचको फाइनल खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । 

प्रतियोगिताको पहिलो सेमिफाइनलमा धनकुटाको राजारानी क्लबलाई पराजित गर्दै एनआरटीले फाइनलमा स्थान सुरक्षित गरेको हो । 

दोस्रो सेमिफाइनलमा एपीएफले सलार्हीको बाग्मती युथ क्लबलाई ४–० गोल अन्तरले हराएर उपाधि नजिक पुगेको हो । 

मकवानपुर जिल्ला फुटबल संघको आयोजना गरेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया