नेपालका ६ महिला क्रिकेटरले सुपर वुमेन्स कप खेल्ने

वैशाख ८, २०८१ | काठमाडौं

नेपालका ६ जना महिला क्रिकेटरले मलेसियामा हुने सुपर वुमेन्स कप खेल्ने भएका छन् ।

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहितका खेलाडीले सो प्रतियोगिता खेल्ने भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रुबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्न लागेका हुन् ।

मलेसिया क्रिकेट संघद्धारा आयोजित सो प्रतियोगिता यही अप्रिल २४ देखि मे ५ सम्म हुनेछ ।  


प्रतिक्रिया