ओमानलाई हराउँदै यूएई एसिया कप क्रिकेटमा छनोट

वैशाख ९, २०८१ | काठमाडौं

ओमानमा आयोजित एसीसी प्रिमियर कप क्रिकेटको उपाधि यूएईले जितेको छ । घरेलु टोली ओमानलाई ५५ ले पराजित गर्दै यूएईले उपाधि जितेको हो ।

अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा २ सय ५ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४८ रनमा समेटिएको हो ।

उपाधि हात पारेसँगै यूएई एसिया कप क्रिकेटका लागि छनोट भएको छ । यूएईको जितका लागि कप्तान समेत रहेका मोहम्मद वासीमले १ सय रनको सतकीय इनिङस् खेले ।

सेमिफाइनलमा यूएईले नेपाल र ओमानले हङकङलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । यसअघि तेस्रो स्थानका लागि हिजो भएको खेलमा नेपाल हङकङसँग पराजित भएको थियो । 


प्रतिक्रिया