राष्ट्रिय महिला फुटबलः उपाधिका लागि आर्मी र एपीएफ खेल्ने

चैत्र ७, २०८१ | काठमाडौं

चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । 

दोस्रो सेमिफाइनलमा रौतहट फुटबल क्लबलाई ६–३ गोलले हराउँदै आर्मीले एपीएफसँगको भेट पक्का गरेको हो ।

 एपीएफ पहिलो सेमिफाइनलमा घरेलु टोली भरतपुर–२४ लाई पराजित गर्दै फाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुनेछ । 

विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँप्राप्त गर्ने आयोजक चितवन जिल्ला फुटबल संघले जनाएको छ ।


प्रतिक्रिया