झापा महिला गोल्डकपः उपाधिका लागि एपिएफ र नेपाल पुलिस खेल्ने

कार्तिक २२, २०८२ | काठमाडौं

झापा महिला गोल्डकपको उपाधिका लागि नेपाल एपिएफ क्लब र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपीएफले उपाधि यात्रा तय गरेको हो ।

निर्धारित समय दुबै टोलीले १–१ गोलको बराबरी गरेपछि ट्राईबेकरबाट खेलको निर्णय लिइएको हो ।

दुई टोलीबीचको उपाधि भिडन्त पर्सी आइतबार हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ ।   


प्रतिक्रिया