हङकङ सिक्सेसमा भारत नेपालसँग ९२ रनले पराजित
कार्तिक २२, २०८२ | काठमाडौं
हङकङ सिक्सेसमा नेपालले क्रिकेटको शक्ति राष्ट्र भारतलाई पराजित गरेको छ । आज भएको खेलमा नेपाली टोलीलले भारतलाई ९२ रनले हराएको हो ।
नेपाली टोलीलीले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा अल आउट हुँदै ४५ रनमा समेटिएको हो । यसअघि आज विहान भएको अर्को खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो ।
जितका लागि नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । यसअघि हिजो भएको पहिलो खेलमा समेत नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो ।








