टी–२० विश्वकपमा आज इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै
फाल्गुन १५, २०८२ | काठमाडौं
आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको सुपर एटको समूह २ को खेलमा आज इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदेछ ।
खेल श्रीलंको कोलम्बोस्थित क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बने शुरु हुनेछ । सुपर ८ को पहिलो खेलमा श्रीलंकालाई ५१ रन र दोस्रो खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इङ्ल्याण्ड अन्तिम खेल अगाडिनै सेमिफाइनल पुगिसकेको छ ।
२ पटकको विजेता इङ्ल्याण्ड अपराजित रहँदै नकआउट पुग्ने दाउमा छ ।
न्युजिल्याण्डका लागि भने यो खेल सेमिफाइनलको महत्वपूर्ण खेल हो । पहिलो खेलमा वर्षा बाधक बन्दा पाकिस्तानसँग १ अंक बाँडेको न्युजिल्याण्डले दोस्रो खेलमा श्रीलंकालाई ६१ रनले हराउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
२ खेलबाट ३ अंक जोडे पनि न्युजिल्याण्डको ढुक्क हुने अवस्था भने छैन ।
यसैबीच, विश्वकपअन्तर्गत समुह २ को खेलमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको छ ।
यो नतिजासँगै जिम्बाबे एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ भने दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतले अब वेस्ट इन्डिजसँग खेल्न बाँकी छ । सो खेलमा विजयी हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।








