नेपाल र कतारबीच विभिन्न सम्झौता

वैशाख १२, २०८१

नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको दोस्रो दिन आयोजित समारोहमा दुई पक्षबीच सम्झौता र समझदारी भएको हो । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट राजा अल थानीबीच भएको दुई देशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

दुई देशवीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी तथा राष्ट्रिय समाचार समिति (रासस) र कतार न्युज एजेन्सीबीच सहयोग र समाचार आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । त्यस्तै, दुई देशबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी भएको हो । नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका लागि समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यस्तै, नेपाल सरकारको विदेश मामिला अध्ययन प्रतिष्ठान र कतारको विदेश मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी भएको छ । गैरसरकारी तहमा दुई वटा सम्झौता र समझदारी भएका छन् । कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौता र दुई निकायबीच समझदारी नवीकरण गरिएको हो । 


प्रतिक्रिया