आबेद्वारा विवादस्पद युद्ध स्मारकको भ्रमण

आश्विन ३, २०७७

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेले पद छाडेको केही दिनपछि एक विवादस्पद युद्ध स्मारकको भ्रमण गर्नु भएको छ । आफू पदमा रहेका बेला भएका गल्ती कमजोरीलाई लिएर सो स्मारकमा पश्चातापका लागि जापानी नेताहरु जाने गरेको बीबीसीले उल्लेख गरेको छ । युद्ध ताका मारिएका सेनाको सम्झनामा टोकियोमा यासुकुनी स्रिन नामक स्मारक बनाइएको छ । 

यसअघि सन् २०१३ मा आबेले स्मारकमा भ्रमण गरेपछि चीन र दक्षिण कोरियाले रोष प्रकट गरेका थिए । तर यस पटकको भ्रमणलाई लिएर दुबै मूलुकले कुनै पनि प्रतिक्रिया जनाएका छैनन् । सन् १९४५ मा भएको युद्धमा जापानले दुबै मूलुकलाई हराएसंगै सम्बन्धमा सुधार आउन सकेको छैन । 

प्रधानमन्त्रीको पदमा रहेका बेला आबेले युद्धपश्चात संविधानलाई संशोधन गरेर सेनालाई औपचारिक मान्यता दिने अनुच्छेद समावेश गरेपनि सफल भने हुनु भएन । स्वास्थ्यमा समस्या आएको भन्दै सने २०१२ बाट प्रधानमन्त्रीको पद सम्हालेको आबेले गत महिना राजीनामा दिनु भएको थियो । आबेको उत्तराधिकारीका रुपमा पूर्व मुख्य मन्त्रिपरिषद सचिव योशिहिदे सुगा चुनिनु भएको छ ।


प्रतिक्रिया