कर्णाली याक्सको एपरेल पार्टनरमा एभर राइज निरन्तर

भाद्र ४, २०८३ | काठमाडौं

कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि एभर राइज स्पोर्टस प्रालिलाई एपरेल पार्टनरमा निरन्तरता दिएको छ । 

कर्णालीका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एभर राइजका निर्देशक शेख मोहम्मद सभमनले आज सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

सम्झौतासँगै कर्णालीले एनपीएलको तेस्रो सिजनमा एभर राइजकै पोशाक प्रयोग गर्नेछ । गत सिजन पनि एभर राइज कर्णालीको एपरेल पार्टनर थियो । 

सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले रिटेन र मिनी अक्सनबाट १३ खेलाडी अनुबन्ध गरिसकेको छ । 

एनपीएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।


प्रतिक्रिया