अमेरिकी,दक्षिण पूर्वी एशिया र युरोपेली मूलुकहरुमा कोरोना संक्रमणको दर तीब्र: डब्लुएचओ

आश्विन ४, २०७७

पछिल्लो समय अमेरिकी, दक्षिण पूर्वी एशिया र युरोपेली मूलुकहरुमा कोरोना संक्रमणको दर तीब्र बनेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । पृथ्वीको ८ प्रतिशत स्थान ओगटेको अमेरिकी मूलुकहरुमा मात्र एक करोड ५३ लाख ३३ हजार ४ सय ७० जनामा संक्रमण पुष्टि भइसकेको छ । दक्षिण पूर्वी एशियाली मूलुकहरुमा संक्रमितको संख्या ५९ लाख ७३ हजार १ सय ८६ पुगेको छ । 

यस्तै युरोपेली मूलुकमा पनि संक्रमण दर तीब्र रहेको छ । पछिल्लो तथ्यांक अनुसार युरोपेली मूलुकमा ५१ लाख ४९ हजार १ सय २१ जनामा संक्रमण पुष्टि भइसकेको छ । अगस्त २६ मा ८८ हजार ८ सय ५ जना संक्रमित पुष्टि भएको अमेरिकी मूलुकहरुमा सेप्टेम्बर १९ मा एक लाख १९ हजार ३ सय ६० जनामा संक्रमण पुष्टि भएको थियो । 

यस्तै अगस्त २५ मा दक्षिण पूर्वी एशियाली मूलुकहरुमा ६४ हजार ३ सय ५९ जनामा संक्रमण देखिएको थियो । दक्षिण पूर्वी एशियाली मूलुकहरुमा हिजो एक लाख १ हजार एक सय ९९ मा संक्रमण पुष्टि भएको छ । पुर्वी भूमध्य सागर , अफ्रिका र पश्चिमी प्रशान्त सागरमा पर्ने मूलुकहरुमा भने संक्रमण दर स्थिर रहेको छ । 

जोन हप्किन्स् विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर ३ करोड ८ लाख ११ हजार ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ९ लाख ५७ हजार ६ सय ३२ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ । 


प्रतिक्रिया