जापान र अमेरिकाबीच समन्वय गरेर जाने सहमति

आश्विन ४, २०७७

जापान र अमेरिका  बीच समन्वय गरेर जाने सहमति भएको छ । जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिदो सुगा र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको टेलिफोन वार्तामा दूबै मूलुकले विभिन्न मुद्धामा नजिकबाट समन्वय गरेर जाने सहमति भएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । वार्तामा जापानका प्रधानमन्त्री सुगाले विकासका लागि अमेरिकासंग गठबन्धन गरेर जान चाहेको बताउनु भएको थियो । यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति र स्थिरताका लागि जापानसंग गठबन्धन गरेर जाने प्रस्ताव राख्नु भएको थियो । वर्तमान समस्याको रुपमा रहेको कोरोना भाइरस संक्रमण र उत्तर कोरिया सहित मुद्धामा निकट समन्वय गरेर जाने दुबै मूलुकबीच सहमति भएको सुगाले उल्लेख गर्नु भएको छ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिएपछि सुगा गत बुधबार आबेको उत्तराधिकारीका रुपमा चुनिनु भएको हो । 


प्रतिक्रिया