न्यूजिल्याण्डमा अब मास्क लगाउनु नपर्ने

आश्विन ८, २०७७ | काठमाडौं

कोरोना संक्रमणदर अत्यन्त न्यून भएपछि न्यूजिल्याण्ड सरकारले अनिवार्य मास्क लगाउनुपर्ने नियमलाई हटाएको छ । आजैबाट लागू हुने गरि सो प्रावधान हटाइएको बीबीसीले उल्लेख गरेको हो । 

 संक्रमणदर नियन्त्रणप्रायः भइसकेको र जनजीवन सामान्य बनेको भन्दै सरकारले गत सोमबार नै यसअघि लगाइएका सम्पूर्ण प्रतिबन्धहरु हटाउने निर्णय गरेको थियो । प्रतिबन्ध हटेसँगै अब भौतिक दुरी कायम गर्नुपर्ने, वैवाहिक समारोहदेखि अत्येष्टीमा लगाइएको दायरा, सार्वजनिक यातायातमा सवारी गर्दा अपनाउनुपर्ने सबै मापदण्ड समेत हटेका छन् ।

तर जोखिम पुनः बल्झिन सक्ने भन्दै न्यूनतम स्वास्थ्य मापदण्ड पालना सचेत गराइएको छ । कोरोना नियन्त्रणमा सफलप्रायः भएको र लकडाउनको स्थितिबाट सामान्य अवस्था फर्किसकेको भन्दै न्यूजिल्याण्डको विश्व समुदायले नै प्रशंसा गरिहेका छन् । गत जुन महिनादेखि नै संक्रमण शून्यमा पुगेको भएपछि अगष्ट महिनामा अकल्याण्डमा कोरोना संक्रमण देखिएपछि पुनः विभिन्न प्रतिबन्ध लगाएका थिए । पछिल्लो निर्णयमा पनि स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी अकल्याण्डमा भने अझै केही दिन मास्क लगाउनुपर्ने जनाइएको छ । न्यूजिल्याण्डमा कुल १ हजार ४ सय ६८ जना संक्रमित भएकामा २५ जनाको ज्यान गएको थियो । 


प्रतिक्रिया