काला जातिकी नर्सको हत्याको विरोधमा अमेरिकामा प्रदर्शन चर्किदैं

आश्विन ८, २०७७

अश्वेत व्यक्तिको हत्याको विषयलाई लिएर अमेरिकामा पछिल्लो समय श्रृङखलाबद्ध प्रदर्शन हुन थालेको छ । एक अस्पतालमा कार्यरत काला जातिकी एकजना कर्मचारीको हत्याको विरोधमा उत्रिएको प्रदर्शनका क्रममा गोली लागेर दुईजना प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ । 

ब्रियोना टेलरको हत्यामा संलग्न प्रहरी अधिकारीलाई कुनै पनि कारवाही नगरिएको भन्दै अमेरिकाको लुइसभिल्ले शहरमा प्रदर्शन उग्र बनेको छ । टेलरका दुईजना केटा साथीले प्रहरीमाथि गोली प्रहार गरेको अधिकारीहरुले बताएका छन् । अस्पतालकी कर्मचारी २६ वर्षिया टेलरको घरमा गत मार्च १३ मा प्रहरीले छापा मारि उनीमाथि ६ राउण्ड गोली प्रहार गरेर हत्या गरेको थियो । 

लुइसभिल्ले शहरको जुरीले सो घटनामा संलग्न प्रहरी अधिकारीले टेलरको हत्या न्यायसंगत ढंगले गरेको भन्दै सामान्य कारवाही मात्रै गरेको प्रदर्शनकारीको आरोप छ । यसअघि पनि मेमा मिनियापोलिसको हिरासतमा काला जातिका जर्ज फ्लोएडको प्रहरीले निहत्था हत्या गरेको भन्दै प्रदर्शन चर्किएको थियो । 


प्रतिक्रिया