भारतका पूर्व केन्द्रीय रक्षामन्त्री जसवन्त सिंहको निधन

आश्विन ११, २०७७

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । ६ वर्षदेखि कोमामा रहेका सिंहको दिल्लीस्थित आर्मी अस्पतालमा आज निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८२ वर्षीय सिंह सन् २०१४ मा बाथरुममा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना हुन भएको थियो । 

भारतीय जनता पार्टीका संस्थापक सदस्य जसवन्त सिंह अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेश, रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ राजनीतिमा आउनु अघि भारतीय सेनाका मेजर हुनुहुन्थ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै पूर्वमन्त्री सिंहको निधनप्रति दु:ख व्यक्त गर्नु भएको छ । 

अटल विहारी वाजपेयीको सरकारमा रहेर सिंहले अर्थ, रक्षा र विदेश मामिलामा विश्वमै एक बलियो छाप छोड्नुभएको थियो । 


प्रतिक्रिया