नागोर्नो काराबाख क्षेत्रलाई लिएर अर्मेनिया र अजरवैजानबीच पुन: विवाद शुरु

आश्विन ११, २०७७

अर्मेनिया र अजरवैजानका सेनाबीच विवादित नागोर्नो काराबाख क्षेत्रलाई लिएर पुन: विवाद शुरु भएको छ । अर्मेनियाले सो विवादलाई लिएर अजरवैजानको एक हेलिकप्टर खसालेको बीबीसीले उल्लेख गरेको छ । अर्मेनियाले भने अजरवैजानले गरेको हवाई आक्रमणको प्रतिक्रिया स्वरुप सो कारवाही गरेको जनाएको छ । 

अजरवैजानले अर्मेनियाले गरेको आक्रमणमा परि आफ्ना केही नागरिकले ज्यान समेत गुमाएको दाबी गरेको छ । केही महिना अघि शुरु भएको विवादले पछिल्लो समय उग्र रुप लिएको छ । रुसले दुबै मूलुकसंग वार्ता गरेर तत्काल युद्द विरामका लागि आह्वान गरेको छ । सन् १९९१ मा पतन हुनुपूर्व अर्मेनिया र अजरवैजान सोभियत संघको हिस्सा थिए । 


प्रतिक्रिया