इङलिस फुटबल लिगहरु आगामी जुनबाट शुरु गर्ने तयारी

वैशाख २, २०७७ | काठमाडौं

कोभिड १९ का कारण अनिश्चितकालका लागि स्थगित इङलिस फुटबल लिगहरु आगामी जुनबाट शुरु गर्ने तयारी भएको छ । ईङ्लिस फुटबल लिगले आगामी जुनको ६ गतेबाट सिजनका बाँकी खेल थाल्ने गरी तयारी बढाएको छ । तर, त्यसरी हुने खेलहरु पनि खाली स्टेडियममा हुनेछन् । 

प्रिमियर लिगका सबै क्लबले हालै सिजनको बाँकी खेल सञ्चालनबारे आपसमा छलफल गरेका थिए । प्रेमियर लिग सहित, च्याम्पियनसिप, लिग वान र टूका खेल जुन ६ बाट सुरु गर्ने समझदारी भएको छ । त्यसपछि मे १६ बाट प्रि–सिजन थाल्ने योजना अघि सारिए पनि सबै बेलायत सरकारले गर्ने लकडाउनको अवधिमा निर्भर रहने छ । तर जुनको पहिलो साता खाली स्टेडियममा भएपनि फुटबल शुरु गर्ने बेलायतको तयारी छ ।

बेलारुस बाहेक युरोप लगायत विश्वभरका फुटबल प्रतियोगिता कोरोना भाईरसका कारण प्रभावित छन् । कोरोनाका कारण स्पेन र ईटालीको फुटबल अनिश्चितकालका लागि स्थगित भएको छ । जर्मनमा बुन्डेश लिगा सहित दोस्रो डिभिजनको फुटबल क्लबले अभ्यास सुरु गरेका छन् । त्यहाँ मे को सुरुवातमा बन्द स्टेडियममा सिजनका बाँकी खेल सुरु गर्ने तयारी गरिएको छ । 


प्रतिक्रिया