२ सय बढी संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू

श्रावण २२, २०७७ | काठमाडौं

कोरोना संक्रमणको जोखिम थप बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकालगायत २ सय बढी संक्रमति फेला परेका जिल्लामा सवारी सञ्चालनमा आजबाट पुन: जोरबिजोर प्रणाली लागू गरेको छ । 

अत्यावश्यक सेवावाहेकका सार्वजनिक र नीजि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिनुभयो । यस्तै, दुई सयभन्दा बढी संक्रमित भएका काठमाडौं उपत्यका तथा अन्य जिल्लामा राती ९ बजेदेखी बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको छ । 

कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । सुनसरीमा गएरातिदेखि निषेधाज्ञा जारी गरएको छ । दुहबी, इटहरी, बराह क्षेत्र र इनरुवा लगायत क्षेत्रमा संक्रमण बढ्दै गएपछि आगामी सोमबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताउनुभयो । कैलालीको सीमावर्ती गाउँपालिका कैलारीमा गएरातीदेखि निषेधाज्ञा लगाइएको छ ।

बाँके, पर्सा लगायत अति प्रभावित क्षेत्रमा पनि निषेधाज्ञा जारी छ । काठमाडौं उपत्याकाका ३ जिल्लामा पनि निषेधाज्ञा, लकडाउन वा आवागमन कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल भइरहेको छ । परिस्थिती हेरेर आवागमन तथा नीजि र सरकारी संघसंस्था कसरी सञ्चालन गर्ने भन्ने आवश्यक निर्णय लिने तयारी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गरिरहेका छन् । 


प्रतिक्रिया