संसद सचिवालयका प्रवक्ता पाण्डेमा पनि कोरोना

श्रावण २२, २०७७ | काठमाडौं

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेलाई कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा गरिएको परीक्षणमा उहाँमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

केही दिनयता ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि गरिएको परीक्षणमा संक्रमण देखिएको संसद सचिवालय स्रोतको भनाई छ । 

वन अनुगमनका क्रममा सँगै रहेका सांसद प्रदीप यादवलाई कोरोना देखिएपछि प्रवक्ता पाण्डे होम क्वारेन्टिनमा हुनुहुन्थ्यो । 

अनुगमन समितिका अन्यमा भने संक्रमण नदेखिएको सचिवालय स्रोतको भनाई छ ।

संघीय संसदको अधिवेशन नभएका समय पछिल्लो समय उहाँ फाट्टफुट्ट मात्र सिंहदरबार आईजाई गर्दै आउनुभएको थियो । 


प्रतिक्रिया