पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

श्रावण २३, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका १ सय ६ जना नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो । 

 थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् ।

यस्तै पछिल्लो २४ घन्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्जार्ज भएको जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ६ हजार ३ सय ३० जना उपचाररत छन् ।


प्रतिक्रिया