विराटनगरमा एक संक्रमितको मृत्यु

श्रावण २३, २०७७ | विराटनगर

– विराटनगरमा कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ गुद्रीका ५८ बर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९:४० बजे कोशी अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

कोशी अस्पतलाका प्रवक्ता डा. लक्ष्मीनारयण यादवले मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकाले स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताउनुभयो । मोरङमा कोरोना भाइरसको संक्रमणले शुक्रबारसम्ममा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि विराटनगरका ७७ र ४५, रंगेलीका ४५ र सुनबर्षीका ४५ बर्षीय पुरुषको मृत्यु भइसकेको हो । 


प्रतिक्रिया