बारामा चिकित्सक र प्रहरी संक्रमित, अस्पताल बन्द

श्रावण २३, २०७७ | बारा

– कलैया अस्पतालका चिकित्सकसहित ११ जना संक्रमित भएपछि अस्पतालको सेवा दुई दिनदेखि बन्द भएको छ । ५० शय्याको कलैया अस्पताल बन्द भएपछि दैनिक २ सय आउने विरामीको विचल्ली भएको छ । अस्पतालको मेडिकल सुपरिटेन्डेडसहित अन्य चिकित्सक र स्वास्थ्यकर्मी होम क्वारेन्टिनमा बसेपछि अस्पतालको सेवा ठप्प भएको हो । संक्रमितहरु आइसोलेशनमा छन् । 

अस्पतालको इमरजेन्सी, ओपीडी, प्रसुती सेवा, एक्सरे र प्रयोगशाला बन्द रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेड वीरेन्द्र मण्डलले बताउनुभयो । अस्पताललाई डिस्इनफेक्सन गरेपछि २/३ दिनमा सञ्चालन हुने उहाँले बताउनुभयो । सशस्त्र प्रहरीका एक अधिकृतसहित नेपाल प्रहरीका ५ जनासमेत संक्रमित भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।  


प्रतिक्रिया