दश बर्षे बालकमा कोरोना

श्रावण २३, २०७७ | धरान

– धरानमा १० बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ तिव्र बनाइएको छ । ती बालक र उनका आमा, हजुर आमालाई ज्वरो आएपछि साउन २१ स्वाब संकलन गरिएको थियो । 

धरान १५ बाझगरास्थित दशरथ पथमा डेरागरी बस्दै आएका ती बालकका आमा धरान उपमहानगरपालिकाकी कर्मचारी हुन् । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमितका आमा र हजुरआमाको रिपोर्ट भने आउन बांकी छ । संक्रमित बालकसंग सम्पर्कमा रहेको १७ जनाको ट्रेसिङ भएको मेहताले बताउनुभयो ।  


प्रतिक्रिया