बाँकेमा दुई चिकित्सक सहित थप १५ जनामा कोरोना संक्रमण

श्रावण २६, २०७७ | नेपालगञ्ज

नेपालगञ्ज मेडिकल कलेजका दुई चिकित्सक र तीन प्रहरीसहित बाँकेमा १५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार नेपालगञ्जका दुई जना चिकित्सक, वडा प्रहरी र सर्वसाधारण सहित १५ जनामा संक्रमण पुष्टि भएको हो । 

सोमबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा कुल २० जना रिपोर्ट पोजेटिभ आएको छ । जसमा मध्ये बाँकेका १५ जना हुन् । चिकित्सक र प्रहरी समेत गरी १२ जना नेपालगञ्जका, ३ जना डुडुवा गाउँपालिका रहेको छन् । 

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि तेस्रो पटक जारी निषेधाज्ञा जारी गरेको छ । चोक–चोकमा सिल गरेर काँडेतार राखिएको छ भने सेना परिचालन गरीएको छ । समुदाय स्तरमा कोरोना संक्रमण बढदै गएकाले शनिबारसम्म जारी निषेधाज्ञा तीन दिन थप गरिएको थियो । 


प्रतिक्रिया