वीपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

 तस्बिर : प्रदिप मेन्याङ्बो, रेडियो कान्तिपुर ।

आश्विन १३, २०७७ | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा मोरङको सुनबर्षी नगरपालिका–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । 

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ती पुरुषलाई विराटनगरको नोबल मेडिकल कलेजबाट रेफर गरिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

नोवेल कलेजमै ती पुरुषको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेण्टिलेटर सहितको आइसीयुमा राखेर उनको उपचार भईरहेको थियो । 

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाका अनुसार उपचारकै क्रममा उनको मुत्य भएको हो । योसहित वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ ।


प्रतिक्रिया