बाँकेमा थप ४४ जना कोरोना संक्रमण मुक्त

आश्विन १३, २०७७ | नेपालगञ्ज

बाँकेमा विभिन्न आइसोलेशनमा बसेका ४४ मंगलबार कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले विभिन्न आइसोलेसनमा बसेका प्रहरी सहित २९ पुरुष १५ महिला सहित ४४ जना डिस्चार्ज भएको बताउनुभयो ।

मंगलबार डिस्चार्ज हुनेमा नेपालगञ्ज र कोहलपुरका धेरै छन् । कोरोनाका फोकल पर्सन श्रेष्ठका अनुसार १४ दिन आइसोलेसनमा बसेका उनीहरुलाइ डिस्चार्ज गरिएको हो ।

योसँगै जिल्लामा हालसम्म एक हजार पाँच सय ७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । अहिले आइसोलेसनमा तीन सय ५१ जना छन् । 

जिल्लामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ । जसमा बाहिर जिल्लाका पाँच जना रहेका छन् । जिल्लामा कोरोना सक्रमितको संख्या एक हजार ८ सय ७३ पुगेको छ । 


प्रतिक्रिया