भेरी अस्पतालमा उपचाररत ३५ वर्षीया कोरोना संक्रमितको मृत्यु

आश्विन १४, २०७७ | नेपालगञ्ज

बाँकेमा कोरोना भाइरसको सक्रमणबाट बुधबार थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो । 

बुधबार दिउँसो २ बजेर १५ मिनेटमा उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्गले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् । 

उनको स्वाब परीक्षण गर्दा असोज ३ गते कोरोना पुष्टि भएको थियो । दुबै फोक्सोमा निमोनिया भएका उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । 

श्रेष्ठका अनुसार मृतक महिला मधुमेह उच्च रक्तचाप, हाइपोथाइराइडिज्मबाट बिरामी थिइन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।


प्रतिक्रिया