कोरोना संक्रमणबाट कपिलवस्तुकी एक महिलाको मृत्यु

आश्विन १४, २०७७ | कपिलवस्तु

कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुमा बुधबार एक महिलाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१ पत्थरकोटकी ५० वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । 

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कजेलमा गत असोज ४ गते पुगेकी थिईन् । उनको स्वाबको पीसीआर परीक्षण गर्ने क्रममा असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएपछि सोही अस्पतालमा उपचार गराईरहेकी ५० वर्षीया ती महिलाको बुधबार बिहान मृत्यु भएको हो । उनी मधुमेश र उच्च रक्तचापको बिरामी थिईन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । 


प्रतिक्रिया