दोस्रो चरणको पेट्रोलियम पाईपलाइन निर्माण कार्य झण्डै ७० प्रतिशत पूरा

वैशाख ८, २०८१ | काठमाडौं

भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाईपलाइनबाट पेट्रोल र मटितेल आयत सुरु गर्ने लक्ष्य साथ सुरु भएको दोस्रो चरणको परियोजना निर्माण कार्य झण्डै ७० प्रतिशत पूरा भएको नेपाल आयल निगमले जनाएको छ । सन् २०२३ भित्र दोस्रो चरणको पाईपलाईनको सम्पूर्ण पूर्वाधार निर्माण गर्ने भनिएपनि आधुनिक उपकरण अभावका कारण समयमा सम्पन्न हुन नसकेको निगमको भनाइ छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थको ढुवानी र वितरण गर्दा सुरक्षित र भरपर्दो हुने तथा खर्च कम हुने अपेक्षा गरिएको छ ।

सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गरी २०२४ को जनवरीदेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु गर्ने लक्ष्यका साथ सुरु भएको दोस्रो चरणको परियोजनाअन्तर्गत डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, २ सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण भइरहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले बताए । अहिले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्टयाउने प्रणाली लगायत संरचना निर्माणको काम भईरहेको छ । कामको प्रगतिबारे प्रमुख उपाध्यायले बताउनुभयो ।

परियोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल सबैको आयात पाइपलाइनबाटै हुने निगमको भनाई छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा वातावरण प्रदूषण कम हुनुका साथै प्राविधिक नोक्सानी शून्य हुनेछ । पेट्रोल, डिजेल र मट्टितेल सबैको आयात एकै पटक गर्ने गरी परियोजनाको निर्माण गर्न लागिएको हो । तर आधुनिक उपकरणहरुको अभावले गर्दा काममा केही ढिला भएको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो ।

भारतको मोतिहारीबाट नेपालको अमलेखगन्जसम्म विस्तार गरिएको पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हो । दोस्रो चरणको आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ । र निगमले आफनै खर्चमा ६ हजार लिटर डिजेल भण्डारण र ६ हजार लिटर पेट्रोलियम भण्डारण संरचना निर्माण गरीरहेको निगमले जनाएको छ । ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार नेपाल आयल निगमले संरचना निर्माण गरिरहेको हो । 


प्रतिक्रिया