Stories By 'अमृता अनमोल'
बुद्धजन्मस्थल लुम्बिनीको विकासका लागि सुरु लुम्बिनी गुरुयोजनाको सबै काम एकैपटक सक्ने गरी ठेक्का प्रक्रिया थालिने भएको छ । यसका लागि परामर्शदाता छनोटको काम भैरहेको लुम्बिनी विकास कोषले जनाएको छ । 
पूरा पढ्नुहोस्
रुपन्देहीको बुटवल र भैरहवामा फोहोरमैला प्रशोधन केन्द्र बनाउने झण्डै १० वर्षदेखिको योजना स्थगित भएको छ । एसियाली विकास बैंक एडीबीको सहयोगमा मझौला सहरी विकास सुदृढीकरण आयोजना मार्फत ठेक्का प्रक्रियामा गएका ७२ करोड रुपैया बराबरका दुवै आयोजना रद्द भएका हुन् ।
पूरा पढ्नुहोस्
नागरिकको घरदैलोमा सेवा पुर्‍याउने र नागरिकले आवश्यकता बोध गरेका योजना कार्यान्वयनमा लैजाने हो भने अधिकांश अनियमितता घट्ने सरोकारवालाले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज रुपन्देहीको बुटवलमा आयोजना गरेको अन्तरक्रियामा नागरिकको घरदैलोमा पुग्नुपर्ने सेवालाई खुम्चाउँदा अनियमितता बढेको सरोकारवालाले बताएका हुन् ।
पूरा पढ्नुहोस्
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल वरिपरी बनाइएका सटर भत्काइने भएको छ । सटरले अस्पतालको सौन्दर्य बिगारेको तथा त्यहाँ कार्यरत चिकित्सकहरुले क्लिनिक चलाउँदा उपचारमा हेलचेक्राइँ गरेको भन्दै  सटर भत्काउन लागिएको हो ।
पूरा पढ्नुहोस्
रुपन्देहीमा ७ हजार हेक्टर सिंचाइ हुने सोह्र छत्तीस संयुक्त सिंचाई प्रणाली अतिक्रमणको चपेटामा परेको छ । तिनाउ नदीको अनियन्त्रीत उत्खनन्, मुहान तथा नहरको अतिक्रमण, फोहोर फाल्ने डम्पीड. साइडको रुपमा बढ्दो प्रयोग लगायत कारण सो सिंचाई प्रणाली कमजोर बन्दै गएको हो ।
पूरा पढ्नुहोस्
प्रदेश ५ को प्रदेशस्तरीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा सुरु भएको छ । प्रदेशको आन्तरिक सुरक्षा अवस्था बुझ्न र थप सुरक्षा रणनीति बनाउन २ दिने गोष्ठी आयोजना भएको हो । प्रदेशको छुट्टै सुरक्षा संयन्त्र कसरी बनाउने र कसरी चुस्त पार्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ ।
पूरा पढ्नुहोस्