सुख्खा बन्दरगाहलाई व्यापारिक पूर्वाधारका रुपमा लिनुपर्छ : आशिष गजुरेल ll The Headliners
श्रावण १५, २०८२ | काठमाडौं
सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने आशा गरिएको दोधारा–चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणको प्रक्रिया सुरु भएको छ । भारतीय निर्माण कम्पनीलाई साइट हस्तान्तरणसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाहको भौतिक संरचना निर्माणपूर्वको काम सुरु गरिएको हो । सुक्खा बन्दरगाह निर्माणका लागि ठेक्का भएको कम्ट कन्स्ट्रक्सनलाई मंगलबार इन्टरमोडल यातायात विकास समितिले साइट हस्तान्तरण गरेको हो । यसै विषयमा कुराकानीका लागि आज मैले इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग संवाद गर्दैर्छौं ।