Stories By 'आश गुरुङ'
लमजुङको बेंसीसहर नगरपालिका ६ पुमा गाउँमा पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । सडकबाट गाउँसम्म पुग्ने बाटोमा सिँढी लगाइएको छ । बेंसीसहर बजारबाटै देखिने पुमा गाउँमा निर्माण गरिएको पर्यटकीय पदमार्गले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा स्थानीयले गरेका छन् ।
पूरा पढ्नुहोस्
लमजुङको दोर्दीखोलामा हिजो आएको बाढीले बगाएर बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले बिहानैबाट खोजी जारी राखेको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
पूरा पढ्नुहोस्
सरकारले अनिवार्य अवकास पाएका लमजुङका शिक्षकलाई उपदान दिन सुरु गरेको छ । लमजुङका शिक्षकले बढीमा ११ लाख रुपैयाँसम्म पाएका छन् । शिक्षा विकास तथा समन्वय इकाईले अवकास प्राप्त शिक्षकलाई उपदान दिन थालेको जनाएको छ । इकाई प्रमुख नारायण रेग्मीका अनुसार बुधबार १५ जना र हिजो १५ जनालाई २ करोड रुपैयाँ बढीको चेक हस्तान्तरण गरिएको छ ।
पूरा पढ्नुहोस्
भौतिक पूर्वाधारलाई प्राथामिकतामा राख्दै लमजुङ्को बेंसीसहर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ७२ करोड २८ लाख ३ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । प्रस्ताव गरेको बजेट चालू आर्थिक वर्षको सशोधित बजेट भन्दा १७ दशमलव ४ प्रतिशतले बढी रहेको नगरप्रमुख गुमानसिंह अर्यालले मंगलबार आयोजित पाँचौं नगरसभामा प्रस्तुत बजेट बक्तव्यमा उल्लेख छ ।
पूरा पढ्नुहोस्
कहिलेकाहीं पुस माघमा समेत हिउँ पर्दैन । यसपटक अचम्मै भयो, बैशाख–जेठमा पनि हिउँ पर्‍यो । अलिअलि मात्रै नभई गाउँबस्ती नै ढाकिने गरी । तराईमा ४० डिग्री सेल्सियस माथि तापक्रम पुगेको छ । हिमाली जिल्ला मनाङको नारमा भने हिमपात भईरहेको छ ।
पूरा पढ्नुहोस्
लमजुङमा ४ घण्टाको अन्तरमा दुई वटा भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर २८ मिनेटमा बेसींशहर नगरपालिका ३ गाउँशहर दरबारलाई केन्द्रबिन्दु बनाएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
पूरा पढ्नुहोस्