Stories By 'इन्द्रलक्ष्मी घिमिरे'
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आज आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । ४२ पदका लागि आज हुने निर्वाचनका लागि मनोनयन सुरु भइसकेको निर्वाचन कमिटिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
वास्तविक कृषक सरकारी अनुदानबाट वन्चित रहेको गुनासो बढीरहँदा सरकारले समेत संख्या र भूगोलको हिसाबले सबै किसानले लाभ पाउन नसकेको स्वीकार गरेको छ । व्याज अनुदान र बीमाको अनुदानमा सबैको समान पहुँच भएपनि कतिपय अनुदानको प्रकृति स्थान विशेष वा सिमित संख्याका लागि मात्रै हुने हुँदा  गुनासो बढ्नु स्वभाविक भएको कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताउनुभयो ।
पूरा पढ्नुहोस्
दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९८ दशमलव ५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विभिन्न ४ चरणमा निर्माण भईरहेको आयोजनाको महत्वपूर्ण मानिएको भर्टिकल पेनस्टोक शाफ्टमा स्टील लाइनिङ काम भइरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न आज अपरान्ह १ बजेपछि बैठक बोलाइएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी शिक्षाको विपक्षमा नभई सामुदायिक शिक्षाको गुणस्तर उकास्न क्रियाशिल रहेको बताउनुभएको छ  । कान्तिपुर हिसान एडु फेयरको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी शिक्षाको विपक्षमा नभई सामुदायिक शिक्षालाई प्रभावकारी र उपयोगी बनाउनमा व्यस्त रहेको स्पष्ट पार्नुभएको हो । 
पूरा पढ्नुहोस्
मान्छेको मूल्याङकन उसले व्यतीत गरेको आयुबाट होइन, त्यसबीचमा समाजमा उसले कायम गरेको उदाहरणबाट हुन्छ । बाँच्ने क्रममा काटेका हिउँद र बसन्तभन्दा व्यक्तिले दर्शाएको मूल्य र मान्यताले उसको उचाइ कायम हुन्छ । वयले पञ्च २० टेकेका सत्यमोहन जोशी नेपाली समाजको आदर्शका त्यस्ता धरहरा हुन् जो दिनप्रतिदिन चुलिंदो छ । आफ्नो सक्रियताको एक मात्र राज सकारात्मक चिन्तन हो भन्नुहुन्छ जोशी । 
पूरा पढ्नुहोस्