Stories By 'माधव घिमिरे'
कोसी राजमार्गअन्तर्गत रानीदेखि धरानसम्मको ६ लेन सडक खण्डमा पर्ने  इटहरीदेखि हलगडासम्म बनाइएका अवैध संरचना भत्काइने भएको छ । उत्तर– दक्षिण व्यापारिक लोकमार्ग बिस्तार आयोजना निर्देशनालयको रानी–विराटनगर– इटहरी–धरान सडक आयोजनाका अनुसार राजमार्ग क्षेत्रमा बनाइएका अवैध संरचना हटाएपछि मात्रै सडक विस्तारको काम सुरु गरिनेछ ।
पूरा पढ्नुहोस्
- पाँचथरको हिलिहाङ गाउँपालिका वडा ५ का २ जना युवक तमोर नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हिलिहाङ ५ सुभाङका २१ वर्षीय छोरा सन्दिप सेवाहाङ र १९ वर्षीय छोरा जीवन सुहाङ छन् ।
पूरा पढ्नुहोस्
उदयपुरको चौदण्डीमा खोलाको भंगालोको बीचमा १० जना अलपत्र परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित कालीखोला र लामा खोलाको दोभान नजिक सञ्चालित क्रसरमा काम गर्ने मजदुर अलपत्र परेका हुन् ।
पूरा पढ्नुहोस्
मोरङको कटहरीमा निर्माण गरिएको एकीकृत फलफूल तथा तरकारी थोक बजार उद्घाटन भएको ३ महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । विश्व बैंकको १६ करोड रुपैयाँ सहयोगमा कटहरी गाउँपालिकामा निर्माण गरिएको एकीकृत फलफूल तथा तरकारी थोक बजार बजार सञ्चालन कार्यविधि अभावनमा अझै सञ्चालन हुन नसकेको हो ।
पूरा पढ्नुहोस्
डेढ शताब्दी भन्दा पुरानो इतिहास बोकेको चिया खेतीको विकासका लागि नेपाली जातको मौलिक चियाका बिरुवा उत्पादन गरिएको छ । हाल नेपालमा चीन, भारत लगायत मुलुकबाट ल्याइएका चियाका बिरुवाबाटै खेती विस्तार भएको छ । अब भने आफ्नै जातको चिया विस्तार गरिने भएको हो ।
पूरा पढ्नुहोस्
प्रदेश १ प्रदेशसभाको चौथो अधिवेशन आज शुरू भएको छ । आजको वैठकमा आर्थिक मामिला तथा योजना मन्क्री इन्द्रबहादुर आङ्बोले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यत्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू सहितको पूर्व बजेट प्रस्ताव प्रस्तुत गर्नुभयो ।
पूरा पढ्नुहोस्
मोरङको सुन्दरहरैंचा ७ ढडियास्थित पूर्व पश्चिम राजमार्ग नजिक तारले बेरिएको प्रेसर कुकर भेटिएको छ । राजमार्ग छेउको बिजुलीको खम्बा नजिकै सो शंकास्पद वस्तु फेला परेको हो । भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् ।
पूरा पढ्नुहोस्