Stories By 'रमेशचन्द्र अधिकारी '
धनकुटाका विभिन्न ग्रामिण क्षेत्रमा सयपत्री फूल बिक्रिबाट कृषकले मनग्य आम्दानी हात पारेका छन् । धनकुटा नगरपालिकाको खासगरी ३, ४ र ५ वडामा वैकल्पिक रुपमा व्यवसायिक फूल खेती हुँदै आएको छ ।
पूरा पढ्नुहोस्
धनकुटाको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाका ६ सय ५७ कृषकलाई प्रोत्साहन स्वरुप ७ लाख रुपैयाँ प्रदान गरिएको छ । उल्लेखनिय रुपमा  मटरकोसा उत्पादन गरेको भन्द प्रोत्साहन स्वरुप सो रकम प्रदान गरिएको तरकारी जोन प्रमुख देवेन्द्र साहुले बताउनुभयो ।
पूरा पढ्नुहोस्
लगातारको वर्षा पछिको पहिरोका कारण कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डमा यातायात सेवा अवरुद्ध भएको छ । पहिरोले धरान धनकुटा सडक खण्डको लावरबोटेमा करीब ५० मिटर लामो सडकमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
धनकुटाको महालक्ष्मी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यत्रम अन्तर्गत १०८ बेरोजगार युवालाई रोजगार प्रदान गरिएको छ । आगामी ३० दिनका लागि उनीहरुलाई नगर ९ वटा आयोजनाका काममा परिचालन गरिएको नगरपालिकाका प्रमुख पर्शुराज नेपालले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
धनकुटामा सात तले गुफा फेला परेको हुन्छ । धनकुटा नगरपालिका १ ओक्मालुङको जंगलमा झन्डै एक सय मिटर उचाईको ढुंगाभित्र सात तले गुफा फेला परेको हो । विगतमा घाँस दाउरा गर्न त्यस क्षेत्रमा जाने स्थानीयले ढुंगाको भित्रि भागबाट गुफा रहेको अनुमान गर्दै आएका थिए ।
पूरा पढ्नुहोस्
अर्ग्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ धनकुटामा खेतीका लागि माटो परीक्षण कार्य सुरु गरिएको छ । अर्ग्यानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी संस्थाको पहलमा प्राविधिकद्वारा पहिलो चरणमा धनकुटा नगरपालिका ६ नम्बर वडाबाट माटो परीक्षण थालिएको हो ।
पूरा पढ्नुहोस्