Stories By 'विष्णुलाल बुढा'
सरकारले मुलुकका सबै स्थानीय तहहरुमा बैंक पुर्‍याउने उद्देश्यका वांणिज्य बैंकहरुलाई ताकेता गरेपनि डोल्पाका ४ स्थानीय तहहरुमा अझै बैंक पुथेका छैनन् । स्थानीय सरकार गठन भएको दुई वर्ष पूरा भईसक्दा पनि जिल्लाका डोल्पोबुद्ध गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिका गरी ४ वटा गाउँपालिकामा बैंक स्थापना हुन सकेको छैन ।
पूरा पढ्नुहोस्
डोल्पास्थित शे-फोक्सुण्डो तालको गहिराई तथा तालको भौगोलिक बनावटको अवस्था जाँच गर्न जल तथा मौसम विज्ञान विभागको टोली त्यसतर्फ गएको छ ।
पूरा पढ्नुहोस्
डोल्पाको मुड्केचुला गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । गाउँपालिकाकी उपाध्यक्ष सविता कुमारी रोकाया र वडा नम्बर ४ वडा वडाध्यक्ष जगबहादुर रोकायाबीच सहमतिपछि अस्पताल निर्माणको लागि स्थान तोकिएको हो ।
पूरा पढ्नुहोस्
यार्चा गुम्बा संकलनको लागि आगामी जेठ १३ गते देखि डोल्पाको पाटन खुला गरिने भएको छ । शे फोक्शुडो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यलय डोल्पाको संयुक्त भेलाले आगामी जेठ १३ गतेबाट यार्चा संकलनका लागि पाटन क्षेत्र खुला गर्ने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
जाँडरक्सी सेवन गरी होहल्ला गरेर शान्ति खलबल्याउने लगायतका कुलत नियन्त्रणका लागि डोल्पाको मुड्केचुला गाउँपालिकाले सचेतना अभियान संचालन गरेको छ । मदिरा खाएर हिड्ने, जुवातास खेलेर समाजको शान्ति खलबल्याउने लगायतका कुलत नियन्त्रण गर्न सो गाउँपालिकाले मदिरा नियन्त्रण गर्ने, जुवातास प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
डोल्पाका विभिन्न गाउंमा यतिबेला जनजातिहरुको चाड चैति सुरु भएको छ । हिन्दुहरुको महान चाड बडादशैं जस्तै विभिन्न जातजाति मध्ये जनजाति भित्र पर्ने काइकेहरुको चाड चैति सुरु भएको हो ।
पूरा पढ्नुहोस्