अन्तर्राष्ट्रिय

बीबीसी, आश्विन २९, २०७६
हङकङककी प्रमुख कार्यकारी क्यारी लामले संसदमा गर्ने भनिएको वार्षिक सम्बोधन प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको छ । सम्बोधन गर्न जार्ने क्रममा सांसदहरुले घेरेपछि स्थगित गर्न लाम बाध्य हुनुभएको बीबीसीले उल्लेख गरेको छ ।
पूरा पढ्नुहोस्
बीबीसी, आश्विन २९, २०७६
सिरियाको उत्तरी क्षेत्रमा जारी युद्ध तत्काल रोक्न अमेरिकाले गरेको आग्रह टर्कीले अस्वीकार गरेको छ । अमेरिकी उप–राष्ट्रपति माइक पेन्स र विदेश मन्त्रीको टर्कीको भ्रमणको पूर्व सन्ध्यामा टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोआनले युद्धविरामको प्रस्ताव अस्वीकार गर्नुभएको हो ।
पूरा पढ्नुहोस्
एजेन्सी, आश्विन २९, २०७६
स्वतन्त्र क्याटलोनियाको माग गर्दै स्पेनमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । बार्सिनोलामा प्रर्दशनको दोश्रो दिन आजपनि प्रहरी र प्रर्दशनकारीवीच झडप जारी छ । प्रहरीले कयौँ सेल अश्रुग्याँससहित लाठी चार्ज गरेको बीबीसीले जनाएको छ ।
पूरा पढ्नुहोस्
एजेन्सी, आश्विन २६, २०७६
जापानमा आएको शक्तिशाली आँधीले राजधानी टोकियोसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । हगिबिस नामक सो आँधी ६० वर्षकै यताकै शक्तिशाली भएको  जापानको जलवायु संस्थाले जनाएको छ ।  १ सय ८० किलोमिटर प्रतिघण्टामा रहेको आँधीले टोकियोको पुर्वी क्षेत्रमा क्षति पुर्‍याएको छ ।
पूरा पढ्नुहोस्
नारायण खड्का, आश्विन २५, २०७६
गर्मी मौसमसँगै बढेको डढेलोका कारण अष्ट्रेलियामा अहिलेसम्म २ जनाले ज्यान गुमाएका छन् । ५० बढी घर जलेर नष्ट भएको छ । अहिले अष्ट्रेलियाको न्यु साउथ वेल्स र क्युन्सल्याण्ड डढेलोले समस्या सिर्जना गरिरहेको छ ।
पूरा पढ्नुहोस्
आश्विन २३, २०७६
अमेरिका र चीनबीच जारी व्यापार युद्व अन्त्यको पहलस्वरुप आज पुन: उच्चस्तरीय वार्ता हुने भएको छ । यसअघि गत जुलाईमा पटकपटक भएको वार्ता निश्कर्षविहीन बनेपछि आज पुन: छलफल हुन लागेको हो ।
पूरा पढ्नुहोस्
आश्विन २२, २०७६
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानमा ह्वाइट हाउसले सहयोग नगर्ने भएको छ । सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका   सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रष्टाचारको मुद्दा चलाउन युक्रेनी समकक्षीलाई  दवाव दिएको आरोपपछि ट्रम्पलाई महाअभियोग लगाउनेबारे छलफल भईरहेको छ ।  
पूरा पढ्नुहोस्
आश्विन २१, २०७६
भारतको कुल जनसंख्या मध्ये १५ करोडमा कुनै न कुनै मानसिक समस्या रहेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्
आश्विन २१, २०७६
जिङजियाङ प्रान्तका उईगुर आदीवासी समुदायमाथि दुव्र्यवहार गरेको आरोपमा चीनका २८ संस्थालाई अमेरिकाले कालोसूचिमा राखेको छ । कालोसूचिमा परेका २८ संस्थाहरुले वासिङटनको अनुमतिविना अमेरिकी बस्तुहरु खरिद गर्न नपाउने बीबीसीले उल्लेख गरेको छ ।
पूरा पढ्नुहोस्
आश्विन २०, २०७६
शरीरको कोषिका र अक्सिजन अनुकुलताबारे अध्ययन गरेका ३ वैज्ञानिकलाई यो वर्षको शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । बेलायतका सर पिटर र्‍याट क्लिफ र अमेरिकी बैज्ञानिकहरु विलियम केलीन र ग्रेग सेमेन्जालाई सो पुरस्कार प्रदान गरिने भएको हो ।
पूरा पढ्नुहोस्
आश्विन २०, २०७६
पश्चिम अफ्रिकाका दुई प्रमुख विश्वविद्यालयमा महिला विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको प्रमाण फेला पारेको छ ।  लेगस र गाना विश्वविद्यालयमा बीबीसीले गरेको १ वर्ष लामो अनुसन्धानका क्रममा विश्वविद्यालयकै प्राध्यापकहरुले यौन दुर्व्यवहार गर्ने गरेको खुलासा भएको हो ।  बीबीसीको अफ्रिका आईको टोलीले दुई महिला पत्रकारलाई विद्यार्थी बनाएर ती दुई  विश्वविद्यालयमा पठाएको थियो ।
पूरा पढ्नुहोस्
एजेन्सी, आश्विन १९, २०७६
उत्तर कोरियाले अमेरिकासंग तत्काल आणविक निशस्त्रीकरणसम्बन्धी वार्ता नगर्ने संकेत गरेको छ । दुई मुलुकका प्रतिनिधिबीच स्वीडेनमा हुने भनिएको वार्ता स्थगित भएपछि उत्तर कोरियाले यस्तो संकेत गरेको हो ।
पूरा पढ्नुहोस्
एजेन्सी, आश्विन १८, २०७६
इराकमा चार दिनयता जारी सरकार विरोधी आन्दोलनका क्रममा  ६० जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर भएको बीबीसीले उल्लेख गरेको छ । 
पूरा पढ्नुहोस्